राष्ट्रपतिद्वारा काष्ठमण्डप उद्घाटन, सर्वसाधारणका लागि खुला


लेखक : लेखापढी      २१ चैत्र २०७८, सोमबार १६:३७ मा प्रकाशित     
राष्ट्रपतिद्वारा काष्ठमण्डप उद्घाटन, सर्वसाधारणका लागि खुला

राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पपछि पुनः निर्माण सम्पन्न भएको ऐतिहासिक काष्ठमण्डप (मरुसतः) को लोकार्पण गरेकी छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले काष्ठमण्डपको पुनर्निर्माण मौलिक र आकर्षक रुपमा सम्पन्न भएको बताउनुभएको छ । 

 २०७२ सालकाे विनाशकारी भूकम्पले क्षति भएको काष्ठमण्डपको पुनर्निर्माण कार्य सकिएको उक्त काष्ठमण्डको सोमबार उद्घाटन गर्नुहुँदै राष्ट्रपति भण्डारीले सो कुरा बताउनुभएको हो ।

‘जनबोलीमा मरु नामले परिचित यस पवित्र काष्ठमण्डप स्थललाई केन्द्रबिन्दु मानेर जनताबाट अभिव्यक्त हुने आस्था, विश्वास, परम्परा र मूल्यमान्यता समेतलाई मध्यनजर राख्दै यो पुनर्निर्माण भएको मैले विश्वास लिएको छु ।,’ राष्ट्रपति भण्डारीले भन्नुभयो, ‘त्यस्तैले गौरवपूर्ण मूर्त र अमूर्त सम्पदाका रुपमा हाम्रो आस्थाको रुपमा धरोहर रहँदै आएको काष्ठमण्डपको पुनर्निर्माण मौलिक र आकर्षक स्वरुपमा सम्पन्न हुनु राष्ट्रकै लागि प्रशन्नको विषय हो ।’

पुनः निर्माण सम्पन्न भएसँगै अब काष्ठमण्डप सर्वसाधारणका लागि खुल्ला गरिएको छ ।