त्रिदेशीय टी–२० सिरिज : नेपालले पीएनजीलाई दियो १६९ रनको लक्ष्य


लेखक : लेखापढी      २१ चैत्र २०७८, सोमबार १४:३२ मा प्रकाशित     
त्रिदेशीय टी–२० सिरिज : नेपालले पीएनजीलाई दियो १६९ रनको लक्ष्य

त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको फाइनल खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई १६९ रनको विजयी लक्ष्य दिएको छ । कीर्तिपुर स्थित टियु मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६८ रन बनाएको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले दीपेन्द्र सिंह ऐरीको अर्धशतक र करण केसीको आक्रामक ब्याटिङको मद्दतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनायो ।