भन्सार एजेन्टको लिखित परीक्षा वैशाख १७ गते हुने


लेखक : लेखापढी      २१ चैत्र २०७८, सोमबार ०८:४९ मा प्रकाशित     
भन्सार एजेन्टको लिखित परीक्षा वैशाख १७ गते हुने

काठमाडौं। भन्सार एजेन्टको लिखित परीक्षाको मिति तोकिएको छ । उच्च अदालत पाटनको अल्पकालीन अन्तरिम आदेशका कारण यसअघि स्थगित भएको परीक्षाको मिति तोकिएको हो ।

भन्सार विभागले भन्सार एजेन्टको लिखित परीक्षा आगामी वैशाख १७ गते दिउँसो २ बजे हुने गोरखापत्रमा सूचना निकालेर जानकारी दिएको छ ।

विभागले परीक्षा केन्द्र पछि प्रकाशन गरिने पनि जनाएको छ ।