नेपालगञ्ज- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवलशम्शेर राणाबीच भेटवार्ता भएको छ।
नेपालगञ्जमा बिहीबार बेलुकी उनीहरूबीच समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको हो।
एमाले अध्यक्ष ओली र राप्रपा महामन्त्री राणाबीच भेटका क्रममा स्थानीय चुनावबारे पनि छलफल भएको थियो।
महामन्त्री राणा नेपालगञ्ज उपमहानगरपालिकाको मेयर पनि हुन्।
‘स्थानीय चुनावमा तालमेल गरेर जाने विषयमा प्रारम्भिक छलफल भएको छ,’ उनले भने, ‘एमाले र राप्रपाबीच संवाद गर्दै जाने भन्ने छ।’
अध्यक्ष ओली र महामन्त्री राणाबीच समसामयिक राजनीतिक घटनाक्रम र वैशाखमा हुने स्थानीय चुनावलगायत विषयमा छलफल भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए।