प्रधानमन्त्री देउवा सँगै चार मन्त्री भोलि भारत भ्रमण जाने मन्त्रिपरिषद्को निर्णय


लेखक : लेखापढी      १७ चैत्र २०७८, बिहीबार ११:१५ मा प्रकाशित     
प्रधानमन्त्री देउवा सँगै चार मन्त्री भोलि भारत भ्रमण जाने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा तीनदिने औपचारिक भ्रमणका लागि भोलि भारत जाने तय भएको छ। प्रधानमन्त्री देउवा संगै भारत भ्रमणमा चार अन्य मन्त्रि पनि सहभागी हुने भएका छन् ।

प्रधानमन्त्रीसँगै परराष्ट्रमन्त्री डा. नारायण खड्का, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्र राय यादव र स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा भारत भ्रमणमा जाने निर्णय भएको छ । आज बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले चार मन्त्री पनि भारत भ्रमणमा जाने निर्णय गरेको हो ।