पश्चिम सेती कहिले बन्छ भन्दै एक लाख चिठी डोकोमा राखेर प्रदर्शन


लेखक : लेखापढी      १६ चैत्र २०७८, बुधबार १९:४२ मा प्रकाशित     
पश्चिम सेती कहिले बन्छ भन्दै एक लाख चिठी डोकोमा राखेर प्रदर्शन

पश्चिम सेती जलविद्युत आयोजना निर्माण गर्न भन्दै माइतीघर मण्डलमा प्रदर्शन भएको छ।

बोलन्या थली अभियानले मंगलबार मण्डलामा एक लाख चिठी डोकोमा राखेर प्रदर्शन गरेको हो। अभियानले सुदूरपश्चिमका नौ जिल्लाका घरमा गएर दुई वर्षयता एक लाख चिठी संकलन गरेको थियो ।

त्यसलाई लिएर निर्माण छिटो गर्न भन्दै माइतीघर आएर प्रदर्शन गरेको एक प्रदर्शनकारीले बताए ।
उनीहरूले प्लेकार्ड समेत बोकेका थिए। २९ वर्षदेखि आश्वासन दिइएको पश्चिम सेती कहिले बन्छ भन्दै प्रदर्शन गरेका हुन्।

सेती आयोजना निर्माणका लागि दबाब दिन यसलगत्तै ७५० डोकासहित डोटीमा प्रदर्शन र ७५० मैनबत्ती बालेर दिउँसै सरकार खोजी गरिसकेको छ । यस्तै काठमाडौँकै माइतीघर मण्डलामा कचौरा जुलुस, सुदूरपश्चिमबाट सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने १३ जना सांसदसँग छलफल कार्यक्रम गरिसकेको छ। बाेलन्या थली