भ्यु टावर निर्माणमा सकृय सरकार! कति बने देशभर भ्यु टावर?


लेखक : लेखापढी      १५ चैत्र २०७८, मंगलवार ०५:४४ मा प्रकाशित     
भ्यु टावर निर्माणमा सकृय सरकार! कति बने देशभर भ्यु टावर?

काठमाडौं। अहिले सामाजिक सञ्जाल फेसबुकमा धेरै चर्चा गरिएको विषय देशका विभिन्न ठाउँहरुमा निर्माण गरिएका भ्यु टावरको हो । जब रोल्पा नगरपालिकाले करिब ६ करोड रुपैयाँ लगानीमा निर्माण गरेको ‘जनयुद्ध स्मृति भ्यु टावर’को उद्घाटन गर्न प्रचण्ड रोल्पाको सदरमुकाम लिबाङ पुगे त्यसपछि झन यसको चर्चा चुलिएको हो ।

सामाजिक सञ्जालमा अत्यन्तै सक्रिय ब्याक्तित्वहरु जस्तै पूर्व सचिव भिम उपाध्याय, वेलातमा बस्ने नेपाली मुलकी वेलायती नागरिक इशा गुरुङ, राष्ट्रिय आविस्कार केन्द्रका संस्थापक डाक्टर महाबिर पुन लगायतले खुलेरै यसको बिरोध र सेयर गरेका छन् । पुनले ‘बुद्धी भ्रष्ट हरामीहरुको सृजना’ समेत भनेर टिप्पनी गर्न भ्याएका छन् ।

हुन पनि पछिल्लो समय सरकारले भ्यु टावर निर्माणलाई निकै प्राथामिकतामा राखेको अनुभुति जो कसैलाई हुन्छ । श्रृखलावद्ध देशभर बनेका यि भ्यु टावरहरुको अवस्था होर्दा सहजै अड्कल र अनुमान लगाउन पनि सकिन्छ ।

पछिल्लो समय लाखौं देखि करोडौंको वजेटमा बनेका भ्यु टावरहरुः

रोल्पा नगरपालिकाले करिब ६ करोड लगानीमा निर्माण गरेको जनयुद्ध स्मृति भ्यू टावर, तिलोत्तमा नगरपालिकाले तिलोत्तमा-२ स्थित वनवाटिकामा साढे ११ करोड रुपैयाँ खर्चेर निर्माण गरेको भ्यू टावर, अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-२ कुरमा बनेको भ्यु टावर, पोखरा महानगरपालिका-२८ मा निर्माणाधीन ३० लाख लागतको भ्यु टावर, तनहुँको ऋषिङ गाउँपालिका-३ स्थित भ्यु टावर, नवलपुरको कावासोती नगरपालिकाद्धारा निर्मित वालुवा डाँडामा बनेको भ्यु टावर, कञ्चनपुर बन्जरियामा बनेको भ्यु टावर छन् ।

यस्तै गोरखाको शहिद लखन गाउँपालिका मनकामना सिद्दलखन भ्यु टावर, काभ्रेको मण्डनदेउपुर-१० थामिडाडामा बनेको भ्यु टावर, कोहलपुर सृजना सामुदायिक वन उपभोक्ता समूहद्वारा कोहलपुर-१२ मा बनेको भ्यु टावर, काठमाडौं तारकेस्वर नगरपालिका-३ र ५ वडा नम्बरको सिमानामा बनेको भ्यु टावर र तनहुँको भानु नगरपालिका-१३ ठुलोढुङ्गामा बनेको भ्यु टावर हामीले यहाँ समेटेका छौं ।

भ्यु टावर किन र केसका लागि यसरी धमाधम करोडौंको लागतमा बनिरहेका वा निर्माण गरिका छन् भन्ने प्रश्न भन्दा पनि २०७२ साल बैशाख १२ को भू-कम्पले धेरै मानिसहरु घरबारविहीन बनेका छन्, भू-कम्पले देशको अर्थतन्त्रलाई घुँडा टेकाएको थियो । अझैंसम्म पनि ति घरबार विहीन बनेकाले टाउको ओत्ने ठाउँ पाएका छैनन् । यद्धपी बिस्तारै उठ्दै गरेको ति पिडीतहरुको दैनिकी र देशको अर्थतन्त्रलाई पुनः विश्भर फैलिएको कोरोना महामारीले पछिल्लो ३ वर्ष देखी थिचिरहेको अवस्थामा भ्यु टावर यति विधी प्राथामिकतामा राखेर निर्माण गरिनुमा हास्यास्पद मात्र होईन गम्भिर पनि छ भन्दै विभिन्न बिज्ञ व्याक्तित्व र सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्ताले टिप्पनी गरिरहेका छन् ।

झापाको दमकमा हालै सरकारले १ अर्ब ५६ करोड खर्चेर बनाउदै गरेको १८ तले भ्यु टावरलाई त्यहाँका स्थानियहरुले टावर मात्र नभइ अस्पताल पनि बनाउनु पर्ने भनि दिएको दवाफबाट स्पष्ट हुन्छ की आम जनता के चहान्छन् । राज्यले नागरिकको प्राथामितामा के पर्छ त्यो कुरा सहज उपलब्ध गराउनु पर्ने होईन र ?