स्थानीय तहमा आवश्यकता अनुरुप गठबन्धनसँग तालमेल गर्ने काँग्रेसको निर्णय


लेखक : लेखापढी      १५ चैत्र २०७८, मंगलवार २१:३९ मा प्रकाशित     
स्थानीय तहमा आवश्यकता अनुरुप गठबन्धनसँग तालमेल गर्ने काँग्रेसको निर्णय

 सत्तारुढ दल नेपाली काँग्रेसको चैत ११ गते शुक्रबारदेखि बसेको केन्द्रीय समितिको बैठक मंगलबार सम्पन्न भएको छ । बैठकले आसन्न स्थानीय निर्वाचनमा आवश्यकता अनुसार चुनावी तालमेल गर्ने निर्णय गरेको छ । पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले सर्वसम्मत रुपमा सो निर्णय गरेको पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिएका हुन् ।​ 

केन्द्रीय समिति बैठकमा कोइराला समूहको चर्को दबाब र आफ्नै प्रदेशसहित तल्ला तहका नेता कार्यकर्ताको गठबन्धन गर्न नहुने भन्ने दबाबपछि सभापति देउवा स्थानीय तहको आवश्यकताअनुसार तल्ला तहबाटै निर्णय गरेर चुनावमा तालमेल गर्न सहमत भएका हुन् ।

स्थानीय निर्वाचनमा बहुसंख्यक स्थानमा काँग्रेस जिवयी हुने बलियो परिस्थिति र आधार बनेको र जुन–जुन स्थानीय तहमा तालमेल हुने हो त्यहाँ आवश्यक संयन्त्र बन्ने र स्थानीय तहका उममेदवारका लागि भने पार्टीको विधानमा उल्लेख भए बमोजिमको मापदण्ड लागू हुने प्रवक्ता प्रकाशशरण महतले  बताएका छन्।