कन्चनपुरको बेदकोट नगरपालिकालाई “साक्षर बेदकोट” घोषणा


कन्चनपुरको बेदकोट नगरपालिकालाई “साक्षर बेदकोट” घोषणा

कंचनपुर- कन्चनपुरको बेदकोट नगरपालिकालाई साक्षर नगरपालिका घोषणा गरिएको छ । एक कार्यक्रम गरि नगरपालिकालाई साक्षर घोषणा गरिएको हो ।

साक्षरताका १२ मापदण्ड पुरा गरिएको र नगरका १५ बर्ष देखि ६० बर्ष उमेर समुहका व्यक्ति साक्षर रहेको प्रमुख प्रशासकीय अधिकृत पदमराज भट्टले बताए । भट्टका अनुसार नगरपालिकाका ९५.६५ प्रतिशत पूर्ण साक्षर भएको र अब बाकि ४ प्रतिशत रहेको बताए ।

कार्यक्रममा राजनीतिक, शिक्षा क्षेत्रमा सहयोग पुर्याउनेहरुलाई सम्मान समेत गरिएको छ । बेदकोट नगरका मेयर असोक चन्दले कोभिड लगायत बिबिध कारणले नगरपालिकालाई साक्षर घोषणा गर्न ढिलाई भएको जनाए । मेयर चन्दले नगरका सबै बिधालायाहरुकोशैक्षिक गुणस्तर लगायत भौतिक पुर्बाधारमा उल्लेख्य सुधार आएको समेत बताए ।