पाण्डवहरूको जन्म कथा । महाभारत


पाण्डवहरूको जन्म कथा । महाभारत

पाण्डव हस्तिनापुरका राजा पाण्डु र उनको दुइवटा पत्नी कुंती र माद्री का  पांच सन्तान हुन । महाभारतमा युधिष्ठिर, भीम, अर्जुन, नकुल र सहदेव – गरी पाँच पाण्डव सबैभन्दा अधिक प्रस्तुत गरिएका पात्र हुन ।

पाँच पाण्डवहरूकाे जन्मकाे कथा रमाइलाे मात्र हाेइन  आश्चर्यजनक पनि छ । एक पटक राजा पाण्डु आफ्नो पत्निहरूसँग शिकारका लागी जंगल गएका थिए ।  राजा पाण्डुले सिकारका क्रममा एक जाेडी मृगलाइ देखे,  जो एकअर्कालाई धेरै माया गरिरहेका थिए।

मृत्युकाे मुखमा पुगेका किदम्बा ऋषिले  पाण्डुलाई श्राप दिए कि उनी जहिले पनि महिलाको नजिक पुग्छन् उनी मर्नेछन् ।

राजाले ती जोडीलाई देखिसकेपछि तीर निकाले र भाले मृगलाई निशाना बनाएर तीर छोडिदिए । तीर सिधै मृगको छातीमा लाग्याे । तर त्यो मृग अरु कोही नभई मृगको भेषमा किदम्बा ऋषि थियो । त्यसै समयमा मृत्युकाे मुखमा पुगेका किदम्बा ऋषिले  पाण्डुलाई श्राप दिए कि उनी जहिले पनि महिलाको नजिक पुग्नेछन उनी मर्नेछन् । पाण्डुले ऋषि किदम्बासँग माफी मागे, तर त्यतिन्जेल सम्म उनको मृत्यु भइसकेको थियो।

श्रापका कारण पाण्डुले आफ्नाे राज्य त्याग्ने निर्णय गरे । राज्य छाडेर आफु यही बस्ने  भइसकेपछि उनले आफ्ना पत्नीहरूलाई राज्यमा फर्कन आग्रह गरे तर उनीहरूले मानेनन् । कुन्ती र माद्री राजा पाण्डुसँग जंगलमा बस्न थाले । त्यतिबेलासम्म उनका कुनै सन्तान थिएन ।

सन्तान नभइसकेपछि पाण्डु दुःखि थिए । त्यसपछि कुन्तीले आफ्ना पतिलाई दुर्वासा ऋषिबाट आफूले कुनै पनि देवतालाई बोलाएर उहाँबाट शिशु प्राप्त गर्न सक्ने वरदान पाएको बताइन् । दुर्वासाले कुन्तीलाई दिएका मन्त्रहरूको प्रयोगद्वारा उनले धर्मका देवता यमलाई आह्वान गरे, जसबाट उनले युधिष्ठिरलाई जन्म दिए । त्यसपछि पवनदेवबाट भीमको रूपमा, इन्द्रदेवबाट अर्जुनको रूपमा अर्को पुत्र प्राप्त भयो । यसरी उनका तीन छोरा भए तर माद्रीको एउटै छोरा भएन, तब कुन्तीले माद्रीलाई पनि मन्त्र विद्या सिकाइन् ।

मन्त्रको सहायताले माद्रीले अश्विनी कुमारहरूलाई बोलाइन, जसबाट उनलाई छोरा नकुल र सहदेवको रूपमा प्राप्त भए । यसरी पाँच पाण्डवको जन्म भयो । देवताहरूबाट प्राप्त सबै पाण्डवहरूमा देवताहरू जस्तै दैवी गुणहरूले सम्पन्न थिए ।


यस्तै ज्ञानमुलक कथाहरू पढ्नका लागि हामीसँग जाेडिनुहाेस । हाम्राे पेज लाइक गर्न नभुल्नु हाेला ।