राष्ट्रिय युवा परिषद रसुवाको जिल्ला अध्यक्षमा अधिकारी मनोनित
रसुवा- राष्ट्रिय युवा परिषद नेपाल रसुवाको जिल्लाको अध्यक्षमा सुरेश अधिकारी मनोनयन भएका छन् ।
नेपाल सरकार मन्त्री परिषद्को निर्णयबाट युवा तथा खेलकुद मन्त्रालय,राष्ट्रिय युवा परिषद अन्तर्गतको रसुवा जिल्ला युवा समितिको अध्यक्षमा मनोनयन गरेको हो ।
मुलुकभरका युवासंघ गठन गर्ने क्रममा रसुवाको अध्यक्ष पदमा दोस्रो पटक मनोनयन गरिएको हो । यो भन्दा अगाडी २०७२ साल श्रावण १६ गते पनि मनोनीत भएका थिए । युवा पलायन रोक्न, स्वदेशमै युवाहरुको लागि अवसरहरु सिर्जना गर्न र युवाहरुलाई सिपयुक्त एवं शसक्त बनाउने, युवा नीति बनाउने उनको अठोट रहेको छ ।