माकुरा आफ्नो जालोमा किन फस्दैन ?


माकुरा आफ्नो जालोमा किन फस्दैन ?

हामी सबैले माकुरा देखेका र चिनेका छौ तर के कहिले सोच्नु भएको छ- माकुरा आफ्नो जालोमा आफै कुन फस्दैन ?
माकुराले आफ्नो जालोमा विभिन्न किरा फट्यांग्रा फसाएर सिकार गर्ने गर्छ । माकुराको जालोमा फसेको किरा बाहिर निस्किने सम्भावना निकै कम हुन्छ । 

बैज्ञानिकहरुका अनुसार माकुरा आफ्नो जालोमा नफस्ने दुई कारणहरु छन् । पहिलो कारण हो कुनै-कुनै माकुरामा शरीर भरि एक बिशेष प्रकारको टेल उत्पादन हुन्छ । यहि तेलका कारण आफ्नो जालोमा फस्नबाट जोगिन्छन ।
दोस्रो कारण हो – माकुराले जालो बुंदा कम्तिमा दुई तरिकाको रेशा उत्पादन गर्छन । एक टासिने प्रकारको हुन्छ भने अर्को रेशा नटासिने हुन्छ । माकुराले टासिने र नटासिने रेशा सजिलै छुट्याउन सक्छ । त्यसकारण माकुराले रेशा छुट्याएर जालोमा फस्न बाट जोगिन्छ ।