देशभर ४ हजार ७४७ मा परीक्षण गर्दा २७ जना कोरोना संक्रमित


देशभर ४ हजार ७४७ मा परीक्षण गर्दा २७ जना कोरोना संक्रमित

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार थप २७ जनामा संक्रमण पुष्टि भएको हो। 

पछिल्लो २४ घण्टामा नेपालमा २७ जना कोभिड-१९ संक्रमित थपिएका छन् । चार हजार ७४७ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा नयाँ संक्रमित पहिचान भएको हो ।

यो अवधिमा देशभर २२० जना संक्रमणमुक्त भएका छन् ।

१ हजार ६५४ जनाको पिसिआर गर्दा  २२ र ३ हजार ९३ जनाको एन्टिजेन परीक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि भएको हो। 

यो सँगै देशभर ४ हजार ३७६ जना सक्रिय संक्रमित छन्।