माओवादी क्रान्तिको रक्षा र प्रतिक्रान्ति रोक्न सक्षम: प्रचण्ड


माओवादी क्रान्तिको रक्षा र प्रतिक्रान्ति रोक्न सक्षम: प्रचण्ड

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टी जनवादी युगबाट समाजवादी युगमा प्रवेश गरेको बताएका छन् ।

शुक्रबार वीरेन्द्रनगरमा आयोजित माओवादी कर्णाली प्रदेश कमिटीले आयोजना गरेको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले भने, ‘हामी क्रान्तिको रक्षा र प्रतिक्रान्ति रोक्न सक्षम भएको कुरा स्थापित भएको छ । अब रंगिन क्रान्ति गर्न हामी तयार छौं ।’  पार्टी कार्यकर्तालाई उनले राष्ट्रिय महाधिवेशनबारे पनि जानकारी गराएका थिए । कोरोना भाइरस र राष्ट्रिय राजनीतिक परिवेशका कारण केन्द्रीय कमिटीको बैठक ढिला हुन भएको हो ’ उनले भने, ‘महाधिवेशन अरुभन्दा फरक गरेका थियौं ।’