एमसिसीको व्याख्यात्मक घोषणा (टिप्पणी) के हाे ? के के समिटिने छ व्याख्यात्मक घोषणामा ?


लेखक : लेखापढी      १५ फाल्गुन २०७८, आईतवार १२:१३ मा प्रकाशित     
एमसिसीको व्याख्यात्मक घोषणा (टिप्पणी) के हाे ? के के समिटिने छ व्याख्यात्मक घोषणामा ?

पाँच दलीय सत्ता गठबन्धनले ब्याख्यात्मक घोषणासहित आजै अमेरिकी सहयोग सम्बन्धी सम्झौता एमसीसी पारित गर्ने निर्णय गरेको छ । 

व्याख्यात्मक घाेणणा भन्नाले सम्झाैतामा दुवै पक्षबीच देखापरेका असहमति वा अाशंकामा कुनै पक्षले राखेकाे अडान वा असहमतिलाइ व्याख्या गरिएकाे हुन्छ । अन्तर्राष्ट्रिय कानूनमा यसलाइ सम्झाैताकाे एकपक्षिय घाेषणाकाे रूपमा पनि लिइन्छ । तर यसले सम्झाैतामा कुनै पक्षकाे असहमतिलाइ स्पष्ट रूपले ख्याख्या गर्ने भएकाेले सर्त सहितकाे सम्झाैताकाे रूपमा पनि लिइन्छ ।  

एमसीसीका सम्बन्धमा ‘इन्डो-प्यासेफिक रणनीतिलगायत सैन्य गठबन्धनमा नेपाल रहँदैन। संलग्न नरहने घोषणा गर्छ। एमसिए लागु गर्दा नेपालको कानुन, नेपालको संविधानअनुसार नै लागु हुन्छ,’ पुनले भने,‘वर्तमान अमेरिकी कानुन र भविष्यमा अमेरिकी कानुन नेपालको संविधान कानुनभन्दा माथि हुनेछैन। सम्झौतामा चित्त बुझेन भने तीस दिनको सूचना दिएर खारेज गर्न सकिने व्यवस्था व्याख्यात्मक टिप्पणीमा हुन्छ।’

एमसिसी परियोजनाको लेखा परीक्षण नेपालको निकाय वा महालेखा परीक्षकले गर्ने, बौद्धिक सम्पत्तिको हक नेपाल सरकारलाई हुने र यसका सम्पत्ति नेपाल सरकारको स्वामित्वमा हुने कुरा पनि व्याख्यात्मक टिप्पणीमा समेटिने उनले बताए।

व्याख्यात्मक टिप्पणी तयार पार्ने टिमका रहेका गठबन्धनका एक जना नेताका अनुसार गत भदौमा एमिसीले अर्थ मन्त्रालयलाई पठाएका ११ प्रश्नका सबै जवाफ यसमा समेटिने छ। संसदबाट पारित हुने व्याख्यात्मक टिप्पणी नेपाली र अंग्रेजी दुबै भाषामा हुनेछ। सेताेपाटी र एजेन्सीकाे सहयाेगमा