वंश बिनास


लेखक : लेखापढी      १४ फाल्गुन २०७८, शनिबार ०७:५१ मा प्रकाशित     
वंश बिनास

एउटा भनाई निकै प्रचलित थियो – “हाँसको आमा हुँदैन , जैशिको मामा हुँदैन !”
हाँसको आमा किन हुँदैन भने हाँसले ओथारो बस्दैन , हाँसको फुलको ओथारो कुखुरा बस्छ , हाँस ओथारो नबसे पछि आमा हुने कुरो भएन ।

जैशिको मामा किन हुँदैन भने ३०-३२ साल तिर सम्म पनि जैशि बाहुन समुदायमा जसको छोरी आफ्नो छोराको लागि बिहे गरेर लिएर आयो उसैको छोराको लागि आफ्नो छोरी दिने प्रचलन थियो । अब यहाँ को मामा ? को भिनाजु ? को साला ? को ज्वाइँ ? जसलाई मामा भन्न पर्ने हो उसले आफ्नै बहिनी, फूपू बिहे गरेर लगेपछी उसलाई मामा भन्न मिलेन ! त्यसैले जैशिको मामा हुँदैन भनिन्थ्यो रे …!

मानिसहरु यति नीच, हराम र अधर्मी हुनुको एउटा कारण वर्णशंकर, सगोत्र वा हाडनाता बाट सन्तान जन्मिनु पनि हो ।

वर्णशंकर, सगोत्र वा हाडनाताको विहेको बारे गहिराइमा नियाल्ने हो भने अजिबको तथ्य भेटिन्छ, दुनियाँमा चौतर्फी पाप र अधर्म मच्चिएर देश र समाज नै दुर्गन्धित भएको कटु परिवेशलाई हामी लामो सुस्केरा हाल्दै कलि बहुलाएको उपमा दिन्छौं । मानिसहरु यति नीच, हराम र अधर्मी हुनुको एउटा कारण वर्णशंकर, सगोत्र वा हाडनाता बाट सन्तान जन्मिनु पनि हो । यस्तो सन्तानको बुद्धि असाध्यै चल्ने, चलाख हुने तर विवेक भन्ने चीजको खडेरी लाग्ने हुन्छ, उता निकै टाढाको रक्त सम्बन्ध बाट पैदा भएको सन्तान पनि शारिरिक रुपले हृष्टपुष्ठ हुने तर विवेक भन्ने चीज न्यून हुने हुन्छ, यस तथ्यलाई पुराना ग्रन्थहरुमा संकेत गरिएको छ । आधुनिक जीव विज्ञानले पनि DNA को अध्ययनको क्रममा यस कुरालाई संकेत गरेको छ तर विवेकको सन्दर्भमा आधुनिक विज्ञान संवेदनशिल देखिंदैन किनकी विवेक भन्ने चीज चेतना संग सम्बन्धित छ र चेतनाको बारे आधुनिक विज्ञानको खोज अपुरो छ ।

यस्तै विवेकशून्य पात्रहरुको सिकार नेपाल पनि भएको त होइन भन्ने आशंका गर्न अहिले बाध्यता छ । त्यसैले सतिले सरापेको देश भन्ने कहावत प्रचलित छ, विवेकको खडेरी लागेपछी चोर, फटाहाको हालिमुहाली हुन्छ, सज्जनहरु लाई सुलिमा चढाइन्छ, सज्जनहरुले कुकुरले नपाउने कष्ट पाउछ ।

राजा राजेन्द्रले जेलमा परेका भिमसेन थापा निर्दोस रहेको महशुस गरेर एक सम्झौता बमोजिम जेल मुक्त गर्ने खबर भिमसेन कहाँ पुर्याउन भनेका थिए तर खबर पठाउनेले उल्टो पाल्टो खबर र हल्ला चलाएर भिमसेनलाई उल्टो खबर सुनाए। भिमसेन थापाले रण बहादुर शाहको छोरा, नाति, पनाति सम्मलाई आफ्नै काखमा राखेर हुर्काएका थिए जसमा राजा राजेन्द्र विक्रम पनि थिए ।

भिमसेन थापाले प्रधानमन्त्रीको रुपमा जे गरे त्यसको परिणाम समिक्षाको विषय हुन सक्छ तर उनले जे गरेका थिए त्यो चाहिँ पुरै देशभक्तीपूर्ण नियत र भावनाले गरेका थिए । उनी शक्तिमा रहुन्जेल सबै उनको पछि लागेका थिए तर अंग्रेज जस्तो महाशक्ती सँग मुकाबिला गर्ने क्रममा गम्भीर धक्का खाएर थोरै मात्र कमजोर के भएका थिए, दरबारका विवेकहिन भारदारहरुले अनेक खुराफात र षडयन्त्र गर्दै सुन्धारा स्थित भद्रगोल जेलमा सडाएर चरम यातना दिए । भिमसेनलाई यातना दिएर मात्र यी विवेकहिन पशुहरुको चित्त बुझेन, भिमसेनको पत्नि भक्त कुमारी लाई राजा राजेन्द्रको आदेश अनुसार नाङ्गै बनाएर चारपाटा मुडेर पुरै काठमाडौ शहरको चोक – चोक, गल्ली गल्ली घुमाइने हल्ला फिंजाए र यो हल्ला भिमसेन थापाको कान सम्म पुर्याइयो । खासमा राजा राजेन्द्रले जेलमा परेका भिमसेन थापा निर्दोस रहेको महशुस गरेर एक सम्झौता बमोजिम जेल मुक्त गर्ने खबर भिमसेन कहाँ पुर्याउन भनेका थिए तर खबर पठाउनेले उल्टो पाल्टो खबर र हल्ला चलाएर भिमसेनलाई उल्टो खबर सुनाए। भिमसेन थापाले रण बहादुर शाहको छोरा, नाति, पनाति सम्मलाई आफ्नै काखमा राखेर हुर्काएका थिए जसमा राजा राजेन्द्र विक्रम पनि थिए । आफैले काखमा राखेर हुर्काएको राजेन्द्रले आफु बिरुद्ध यस्तो फैसला गरेको खवर सुनेर उनी स्तब्ध भएर बिरक्तिए । देशसेवा र दरबारको भक्ती गरे बापत यो चरम अपमान सहन नसकेर भिमसेन थापाले बि.सं.१८९६ साउन ८ गतेका दिन झ्यालको शिसा फुटाले र त्यहि शिसाको एउटा टुक्राले आफ्नो गर्दन शेरेर आत्महत्या गर्ने प्रयाश गरे । रगतले लतपतिएका उनको तत्काल उपचार भएको भए उनी बाँच्ने थिए तर रगतले लतपतिएकै अवस्थामा उनको अर्धचेत शरीर विष्णुमती नदीको बगरमा फ्याँकियो ।

यही दर्दनाक स्थितिमा उनी नौ दिनसम्म बाँचे । वर्षादको समय थियो, त्यसै स्थितिमा प्राण त्यागका लागि छटपटाइरहे र अन्ततः साउन १६ मा उनको ६४ वर्षको उमेरमा मृत्यु भयो। उनको लासको सम्मानपूर्वक दाहसंस्कार गर्नसमेत दिइएन उनको लासलाई श्याल, गिद्ध र कुकुरलाइ खुबाउन भनेर हालको भोटेबहालमा लगेर मिल्काइयो, बाटोमा हिंडने बटुवाहरुलाई उनको लासमा लात्ताले हान्न लगाइयो। भनिन्छ कि उनको टाउको कुकुरको जत्थाले खोसाखोस गर्दै झुन्डाउँदै गल्ली गल्लि हिँडेको दृष्य बेलायती दुतावासका एक बेलायती अधिकारिले देखेछन र भिमसेन थापाको टाउको चिनेछन । भिमसेन थापा जस्तो देशको एक सपूत र पूर्व प्रधानमन्त्रीको यस्तो हालत देखेर उनलाई ताज्जुब र दुख लाग्यो र टाउको उठाएर झोलामा हालेर लगेछन । उनले त्यो टाउको तत्कालिन बेलायती राजदूत हडसन मार्फत बेलायत पुर्याए भनिन्छ ।

नेपालको ईतिहासमा विवेकहिन हरुको चर्तिकलाले पुरै देश र जनताले दुख भोग्दै आएको छ र हालसम्म यो शिलशिला जारी छ । भिमसेन थापाको मामिलामा विवेकहिन हर्कत गर्ने पात्रहरुको पृष्ठभुमि हेर्दा यस्तै वर्णशंकर, सोगोत्र बाट जन्मेका पात्रहरु पर्छन । त्यसैले हाम्रो प्राचीन शास्त्रहरुले सगोत्र विहे र सन्तानोत्पादनलाई सख्त बर्जित गरेको छ । तर यहाँ त आधुनिकता र प्रगतिशीलताको नाममा सबै सम्मै छ, यी आधुनिक – प्रगतिशिल भनाउँदो टपरट्युँयाहरुको गतिविधी र प्रवृत्ति नियाल्दा चरम विवेकहिन र घटिया खालको देखिन्छ । नपत्याए
वर्णशंकरका कपूत वंशजहरुको घटिया चर्तिकला गहिराईमा नियालेर हेर्नुस त ।


रूपेश कुमार कार्की (बद्री प्रयास )