गठबन्धन जोगाउन अन्तिम कोसिसमा माओवादीको निर्णय


लेखक : लेखापढी      १३ फाल्गुन २०७८, शुक्रबार १३:३७ मा प्रकाशित     
गठबन्धन जोगाउन अन्तिम कोसिसमा माओवादीको निर्णय

काठमाडौं- नेकपा माओवादी केन्द्रले पाँचदलीय गठबन्धन जोगाउन अन्तिम कोसिस गर्ने निर्णय गरेको छ ।  माओवादीको पूर्व स्थायी कमिटी सदस्यहरुको शुक्रबार बसेको बैठकले अमेरिकी सहयोग परियोजना एमसीसीबारे पार्टीको पूर्ववत सैद्धान्तिक धारणामा रहेर गठबन्धन जोगाउन कोसिस गर्ने निर्णय गरेको हो ।

‘यथास्थितिमा पारित गर्न सकिँदैन, हामी विपक्षमा मत हाल्छौं’, बैठकमा नेता हरिबोल गजुरेलले भने, तर जुन उद्देश्यले गठबन्धन बनेको हो, त्यो अझै परिपूर्ति भएको छैन । त्यसैले गठबन्धन जोगाउनुपर्छ कोसिस गरौं भन्ने भएको छ ।’