वरिष्ठ कलाकार एवम गायक जयनन्द लामाको निधन


लेखक : लेखापढी      ११ फाल्गुन २०७८, बुधबार ११:०३ मा प्रकाशित     
वरिष्ठ कलाकार एवम गायक जयनन्द लामाको निधन

चर्चित वरिष्ठ लोकगायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । उनको बुधबार बिहान निधन भएको हो ।

सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका– २ धार्पाका लामाको आज बिहान भक्तपुरस्थित कौशलटारमा निधन भएको हो । उनी अभिनित टेलिसिरियल हल्का रमाइलोका निर्देशक मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)ले लामाको निधन भएको जानकारी दिए ।

उनले गाएकाे ‘कलकत्ते काइयो’ गीत चर्चित भएकाे थियाे। लामाले गाएका धेरै ‘तामाङ सेलो गीतहरु छन्। उनले छक्का पञ्जालगायत थुप्रै चलचित्र र टेलिचलचित्रहरुमा काम गरेका थिए।

मंगलबार राति बौद्धबाट घर फर्किएका लामा गाडीबाट झर्ने बेला लडेका थिए। आफ्नै घर अगाडि कारबाट ओर्लदै गर्दा लडेर मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।