कलाकार जयनन्द लामाको निधन


लेखक : लेखापढी      ११ फाल्गुन २०७८, बुधबार ०८:४२ मा प्रकाशित     
कलाकार जयनन्द लामाको निधन

काठमाडौं । लोक गायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ ।  वि.सं. २०१३ सालमा सिन्धुपाल्चोक बाह्रविसेमा जन्मिएका लामाले लामो समय लोक गीतसंगीतको विधामा अध्ययन तथा अनुसन्धान गरेका थिए । 

सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका लामाले थुप्रै मौलिक लोकगीत गाउनुका साथै चलचित्र र टेलिश्रृंखलामा अभिनयसमेत गरेका छन् ।

उनले चलचित्र मनको बाँध, छक्कापञ्जा लगायत चलचित्रहरुमा पनि अभिनय गरेका थिए । पछिल्लो समय हाँस्य टेलीश्रृंखला हल्का रमाइलोमा उनले अभिनय गर्दै आएका थिए ।

उनका कलकत्ते काइँयो, चुइँ चुइँ चुइँकने जुत्ता, मुलाको चाना, सलल पानीलगायत थुप्रै लोकगीतहरु चर्चित छन् । उनले नेपाली लोक दोहोरीको रियालिटी शो ‘नेपाल लोकस्टार’मा निर्णायकको भूमिका पनि निर्वाह गरेका थिए ।