प्रेमिल गजल


प्रेमिल गजल

आँखा भित्र संगाली राख आँसु बनि खसि दिउला,
मायालु भनि सम्झी राख मुटु भित्र बसी दिउला।

चिनजान भएसी अन्जान बनेर किन हिड़छौ,
मनको ढ़ोका खोलेर हेर, मन भित्र पसी दिउला।

किन डराउनु आफन्त भन्ने मितेरी संग अब,
नडराई आउ म संग, अंगालोमा कसी दिउला।

तिमी मेरो म तिम्रो भनि सकेउ जब तिमीले
चोट लाग्ने कुरा नगर आफैमा छुरी धसी दिउला।

मनैमा रह्यो मनको धोको कसरी होला पुर्याउनु,
मेरो जालमा नफसे पनि, म तिम्रो जालमा फसी दिउला।


नीता गुरूंग भाटिया
गुवाहाटी, असम, भारत