ट्वान्टी–२० विश्वकप छनोट: नेपालको विजयी सुरुवात


लेखक : लेखापढी      ६ फाल्गुन २०७८, शुक्रबार १५:०१ मा प्रकाशित     
ट्वान्टी–२० विश्वकप छनोट: नेपालको विजयी सुरुवात

 ओमानमा भएको टी–२० विश्वकप छनोटमा नेपालले ओमानलाई ३९ रनले हराउँदै विजयी शुरुआत गरेको छ । 

नेपालले घरेलु टाेली ओमानलाई ३९ रनले पराजित गरेको हो ।

मस्कटको अल अमारतस्थित ओमान क्रिकेट एकेडेमीको मैदानमा घरेलु टोलीका कप्तान जीशन मक्सूदले टस जितेर बलिङ गर्ने निर्णय गरे । त्यसपछि ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११७ रन बनाएको हो । ११८ रनको लक्ष्य पछ्याएको ओमानले १७ ओभरमा ७८ रन बनाउँदा सबै विकेट गुमाएको थियाो ।