गौतमबुद्ध विमानस्थलमा शुक्रबारबाट क्यालिब्रेसन फ्लाइट


लेखक : लेखापढी      ५ फाल्गुन २०७८, बिहीबार १६:३६ मा प्रकाशित     
गौतमबुद्ध विमानस्थलमा शुक्रबारबाट क्यालिब्रेसन फ्लाइट

 गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) शुक्रबार देखि शुरु हुने भएको छ ।  गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान (क्यालिब्रेशन फ्लाइट) का लागि एरो थाईको जहाज नेपाल आइपुगेको छ ।

निर्माणको अन्तिमचरणमा भएको उक्त विमानस्थलको यान्त्रिक परीक्षणका लागि थाइल्याण्डको एरो थाईले उडान शुरु गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता चन्द्रलाल कर्णले जानकारी दिनुभयो । 

परीक्षण उडानका लागि नेपाल आएको एरो थाईको जहाज आजै ४ः४५ बजे भैरहवास्थित गौतमबुद्ध विमानस्थल जाने तालिका रहेको प्रवक्ता सिटौलाले जानकारी दिए ।

जहाजले भोलि शुक्रबारदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ‘क्यालिब्रेशन फ्लाइट’ गर्नेछ । करिब एक साता हुने परीक्षण उडानमा आन्तरिक उडान प्रभावित हुने भैरहवा विमानस्थल जानकारी दिएको छ ।