बालाजुमा बसको ठक्करबाट २ जना पैदलयात्रीको मृत्यु


लेखक : लेखापढी      ५ फाल्गुन २०७८, बिहीबार १०:५१ मा प्रकाशित     
बालाजुमा बसको ठक्करबाट २ जना पैदलयात्रीको मृत्यु

काठमाडौंको बालाजुमा बसको ठक्करबाट दुई जना पैदल यात्रुको मृत्यु भएको छ।

बालाजुको गंगा हल अगाडिको सडकमा आज बिहान ६ बजे बसको ठक्करबाट एक पुरुष र एक महिलाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा रसुवा घर भएका १८ वर्षीय विकास तामाङ र नाम नखुलेकी ५०-५५ वर्षीया महिला रहेको  महानगरीय ट्राफिक महाशाखाका एसपी संजिव शर्माले जानकारी दिए।