बलात्कार आरोप लागेका सांसद बानियाँविरुद्ध पक्राउ पुर्जी जारी


लेखक : लेखापढी      ४ फाल्गुन २०७८, बुधबार १८:०९ मा प्रकाशित     
बलात्कार आरोप लागेका सांसद बानियाँविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । नेकपा (एमाले)का नेता तथा मुगुका सांसद मोहन बानियाँविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

बलजस्ती करणी गरेको मुद्धा परेपछि जिल्ला अदालत बाँकेले बानियाँविरुद्ध पक्राउ पुर्जी आदेश दिएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी मुधुसुदन न्यौपानेले अदालतबाट आदेश प्राप्त भएको जानकारी दिए ।

जुम्लाकी एक ४० वर्षीया शिक्षिकाले सांसद बानियाँले बाँकेस्थित अप्सरा होटलमा जबरजस्ती करणी गरेको दाबीसहित उजुरी दिएकी थिइन् ।