प्रधानमन्त्री देउवाले भने- भोलि एमसिसी टेबल हुन्छ


लेखक : लेखापढी      ३ फाल्गुन २०७८, मंगलवार १४:०० मा प्रकाशित     
प्रधानमन्त्री देउवाले भने- भोलि एमसिसी टेबल हुन्छ

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले बुधबारको संसद बैठकमा अमेरिकी सहयोग परियोजना एमसिसी टेबल हुने बताएका छन्।  

मंगलबार नेपाली कांग्रेस संसदीय दलको बैठकमा उनले आफूले समामुख अग्निप्रसाद सापकोटासँग यस विषयमा परामर्श गरेको र एमसीसी सम्झौता टेबुल हुनेमा विश्वस्त रहेको बताएका कांग्रेस महामन्त्री गगन थापाले जानकारी दिए ।

कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले संसदमा टेबुल भइसकेपछि सबै राजनीतिक दलले यो सम्झौताको पक्षमा अनुमोदन गर्ने बताएका छन् ।

बैठकमा बोल्दै काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले भोलिको बैठकमा एमसीसी पारित गर्नका लागि टेबल गराउने बताएका थिए ।