सभामुख अग्नि सापकोटाले भने म ‘अम्पायर’ मात्रै, निर्णायक भूमिका दलकै हुन्छ


सभामुख अग्नि सापकोटाले भने म ‘अम्पायर’ मात्रै, निर्णायक भूमिका दलकै हुन्छ

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले एमसीसीका विषयमा अस्पष्ट कुरा गरेका छन् । सोमबार संसद् सञ्चालन तथा नयाँ परिस्थितिको व्यवस्थापनबारे छलफलका लागि सवर्दलीय बैठक डाकेर सापकोटाले बैठकपछि आफू ‘अम्पायर’को भूमिकामा मात्र रहेको बताए । 

“सबै विषयमा छलफल भएको छ । सबैले आआफ्ना धारणा राख्नुभएको छ । मैले निष्पक्ष भएर सोचेको छु । म ओपन माइन्डमा छु,” सभामुख सापकोटाले भने, “म अहिले वर्तमान सभामुखको हैसियतमा स्वतन्त्र र निष्पक्ष भएर निर्णय गर्नुपर्छ । संसद् विना अवरोध सञ्चालन हुनुपर्छ । म त अम्पायर न हो, निर्णयाक भूमिका दलहरूको हुन्छ ।”

उनले आफू ‘अम्पायर’ मात्र भएको भन्दै जे निर्णय गरेपनि दलहरूले नै गर्ने बताए । 

सभामुख सापकोटाले नागरिकता विधेयक अड्किँदा धेरै नागरिक मर्कामा रहेको भन्दै आफूलाई धेरैले ध्यानाकर्षण गराएको बताए । उनले नागरिक उड्डयन जस्ता महत्वपूर्ण विधेयक पनि रोकिएको भन्दै संसद्को महत्वपूर्ण भूमिकाका लागि सदन सञ्चालन हुनुपर्ने बताए ।
-१२खरिबाट