सिंहदरबारमा सर्वदलीय बैठक; एमालेबाहेकका शीर्ष नेताहरू सहभागी


लेखक : लेखापढी      २ फाल्गुन २०७८, सोमबार १५:१८ मा प्रकाशित     
सिंहदरबारमा सर्वदलीय बैठक; एमालेबाहेकका शीर्ष नेताहरू सहभागी

सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको छ । सभामुख अग्नि प्रसाद सापकोटाको आह्वानमा सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको हो ।

सत्ता गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाउनुभएको हो ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव लगायत नेताहरू बैठकमा छन् ।