स्टिल भन्दा बलियो तर प्लास्टिक जस्तै हलुँगो पदार्थको निर्माण


स्टिल भन्दा बलियो तर प्लास्टिक जस्तै हलुँगो पदार्थको निर्माण

वासिङटन । अमेरिकाको मास्साचुसेत्स प्रविधि प्रतिष्ठान (एमआईटी)का अनुसन्धानकर्ताहरू स्टिलजस्तो बलियो तर प्लास्टिक जस्तै हलुँगो नयाँ पदार्थको विकास गरेका छन् ।

यस नयाँ अध्ययनका प्रमुख लेखक तथा एमआईटीका केमिकल इन्जिनियररिङ विभागका कार्वन पी. डब्स प्राध्यापक माइकल स्ट्रानो भन्छन्, “यो पदार्थ ठूलो परिमाणमा तयार पार्न सकिन्छ । यसलाई कारमा लाइटबेट कोटिङ र फोनदेखि पुलजस्ता ठूला ठूला संरचना निर्माणका लागि आवश्यक ब्लक निर्माणसम्ममा प्रयोग गर्न सकिन्छ । भवन ठड्याउनका लागि हामी प्लास्टिकको प्रयोग गर्नेबारे सोच्नै सक्तैनौँ । तर यसलाई त्यसमा पनि प्रयोग गर्न सकिन्छ । यससँग निकै अस्वाभाविक गुणहरू भएकाले पनि हामी यसबारे निकै उत्सुक छौँ ।”

यो पदार्थ बुलेट प्रुफ ग्लासभन्दा धेरै गुणा बलियो रहेको र यसलाई फुटाउन स्टिललाई फुटाउन भन्दा दोब्बर बल प्रयोगको आवश्यक हुने तर यसको घनत्व भने स्टिलको तुलनामा ६ गुणा कम रहेको एमआईटीको दाबी छ ।

अनुसन्धानकर्ताहरूले पोलिमर्स तयार बनाउन नयाँ प्रक्रिया विकास गर्ने क्रममा यो पदार्थ पत्ता लगाएको हो । अनुसन्धानकर्ताहरूले दुई आयामको नयाँ प्रकारको चेप्टो आकारको पोलिमर बनाउने प्रयास गर्दा यो आविष्कार हुन पुगेको हो ।

तिनीहरू दशकौँदेखि यस्तो पदार्थ विकास गर्ने काममा जुट्दै आएका थिए । तिनीहरूको यो नयाँ आविष्कार गत साता जर्नल नेचरमा प्रकाशित गरिएको छ ।
-१२खरिबाट