चन्द्रागिरिमा हिउँ खेलेर फर्किंदा हराएका ५ जनाको उद्धार


लेखक : लेखापढी      २४ माघ २०७८, सोमबार १२:२९ मा प्रकाशित     
चन्द्रागिरिमा हिउँ खेलेर फर्किंदा हराएका ५ जनाको उद्धार

आइतबार दिउँसो चन्द्रागिरी डाँडामा हिउँ खेल्ने क्रममा हराएका पाँच जनाको प्रहरी उद्धार गरेको छ ।
काठमाडौ जिल्ला चन्द्रागिरी नगरपालिका वडा नं.६ महादेवस्थान बस्ने एकै परिवारका आफन्तहरु पाँच जना महिला तथा बालबालिका हराइरहेकोमा खोजी गर्ने क्रममा राति १ः३० बजे स्थानीयको सहयोगमा फेला पारेको थियो ।
महानागरीय प्रहरी बृत्त थानकोटका प्र.ना.उ डिल्लीनारायण पाण्डेय र विपद् ब्यवस्थापन महाशाखा सामाखुसीबाट प्रहरी निरीक्षकको कमाण्डमा समेत गरी जम्मा ३७ जनाको प्रहरी टोली खोजतलासका लागि खटिएको थियो ।