काठमाडौं । नेपालबाट विदेश जाने यात्रुलाई साथमा सूर्तिजन्य पदार्थ नबोक्न अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले सचेत गराएको छ । कार्यालयको सूचना हिमालय एयरलाइन्सले सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो ।
वैदेशिक रोजगार विभाग र महानगरीय प्रहरी कार्यालय रानिपोखरीको पत्र राख्दै कम्पनीले यस्ता वस्तु बोकेर यात्रा नगर्न भनेको हो ।
सुरक्षा कार्यालयका अनुसार यात्रुले साथमा चुरोट, खैनी, सुर्ती, परागजस्ता वस्तु राख्न पाउँदैनन् । मासुजन्य खाद्य पदार्थ र विभिन्न प्रजातिका बोटविरुवा लैजाँदा समेत क्यारेन्टिन कार्यालयबाट अनुमति लिएर मात्र लैजानसमेत सचेत गराइएको छ ।