प्रतिनिधिसभा बैठक सर्‍यो, अब माघ २६ मा बस्ने


लेखक : लेखापढी      १६ माघ २०७८, आईतवार १२:२८ मा प्रकाशित     
प्रतिनिधिसभा बैठक सर्‍यो, अब माघ २६ मा बस्ने

आइतबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सरेको छ । कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै संघीय संसद् सचिवालयले बैठक माघ २६ गतेका लागि सारेको हो ।

संघीय संसदका महासचिव भरतराज गौतमले जारी गरेको सूचना अनुसार कोरोना महामारीको संक्रमणको जोखिम यथावत रहेकाले आइतबार बैठक बस्न नसक्ने भएकाले सभामुख अग्निप्रसाद सापकोटाले बैठक १० दिन पछि सारेका हुन् ।

महासचिव गौतमका अनुसार प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) अनुसार बैठक सारिएको हो । यसअघिसमेत बैठक सूचना सार्वजनिक गर्दै सर्दै आएको छ ।