हिमशिखरले सहकारीले बनायो गोदामघर


लेखक : लेखापढी      १४ माघ २०७८, शुक्रबार ०९:४४ मा प्रकाशित     
हिमशिखरले सहकारीले बनायो गोदामघर

धनगढी । माघ १४
हिमशिखर बहुउद्देश्यीय सहकारी संस्था लि. धनगढी, कैलालीले बिउ प्रशोधन, भण्डारण र बजारीकरण प्रयोजनका लागि कैलारी गाउँपालिकाको वडा नम्बर १, बिसनपुरमा गोदामघर बनाएको छ । उक्त गोदामघरको उद्घाटन कार्यक्रम संस्थाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीको अध्यक्षता एवम् सुदुरपश्चिम सरकारका भूमि, कृषि तथा सहकारी मन्त्री माननीय बिनिता चौधरीको प्रमुख आथित्यमा सम्पन्न भएको थियो ।

संस्थाका सचिव विमलकुमार जोशीको उद्घोषणमा सम्पन्न सो कार्यक्रमम कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चोधरी, कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख खगेन्द्र शर्मा विशिष्ट अतिथि हनुहुन्थ्यो ।

कार्यक्रममा संस्थाका पदाधिकारी, लेखा समितिका पदाधिकारी ,  कार्यालयका प्रबन्धक महेन्द शाही लगायत संस्थाका पदाधिकारीको उपस्थिति थियो । कार्यक्रममा कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख खगेन्द्र शर्माले शुभकामना मन्तव्य दिनुभएको थियो ।

हिमशिखरले कैलारी गाउँपालिका वडा नं १ बिसनपुर स्थित आफ्नै १२ कट्टा ४ धुर जमिनमा गोदामघर प्रारम्भ गरेको छ । गोदामघर परियोजनाको कुल लागत रकम ५०,४०, ३५९.६९ रुपिया, संस्थाले बेहोर्नुपर्ने रकम १०,४०,३५९.६९ रुपिया, कृषि ज्ञान केन्द्रको अनुदान ४०,००,००० रुपिया रहेको छ । यो परियोजना २०७९ असार १५ मा सम्पन्न गरिसक्नुपर्ने छ ।