जनसंगीत मञ्चले गर्यो संगीत प्रशिक्षण


जनसंगीत मञ्चले गर्यो संगीत प्रशिक्षण

काठमाडौं । माघ १४
राष्ट्रिय जनसांस्कृतिक महासंघ समाजवादी अन्तर्गतको घटक संगठन जनसंगीत मञ्चको आयोजनामा एक दिवसीय कलाकार प्रशिक्षण कार्यक्रम हिजो माघ १३ गते सम्पन्न भएको छ ।

जनसंगीत मञ्चका अध्यक्ष नवीन पौडेलको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रमका प्रमुख अतिथि नेकपा (एकिकृत समाजवादी) का उपमहासचिव एवम् मोर्चा फाँट प्रमुख डा. विजय पौडेल, विशिष्ट अतिथि नेकपा (एकिकृत समाजवादी) का पोलिटव्युरो सदस्य एवम् जनसांस्कृतिक फाँट प्रमुख गोपाल बराल हुनुहुन्थ्यो ।

कार्यक्रममा पार्टीका नीति एवम् सिद्धान्त, समसामयिक सन्दर्भका बारेमा अतिथि डा. विजय पौडेल एवम् गोपाल बरालले प्रशिक्षण दिनुभएको थियो । संगठनका अध्यक्ष कृपाराम शर्मा धमालाले संगठनका गतिविधि एवम् सांस्कृतिक आन्दोलनका बारेमा आफ्ना विचार राख्नुभएको थियो । संगठनका उपाध्यक्ष नारायण परिश्रमी एवम् उपमहासचिव ऋषि अधिकारीले गीत लेखन बारेमा प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षण कार्यक्रममा करिब ६० जना कलाकार सहभागी थिए ।

कार्यक्रममा, महासंघका केन्द्रीय अध्यक्ष कृपाराम धमला, उपाध्यक्षद्वय नारायण परिश्रमी, डा. पुष्करराज भट्ट, डा. बालचन्द्र मिश्र, केन्द्रिय सदस्य कृष्ण आँसु, नारायण परिश्रमी, ऋषि अधिकारी लगायत संगठनका पदाधिकारी एवम् सदस्यहरूको उपस्थिति थियो ।