राष्ट्रियसभा सदस्य निर्वाचन: बिहान ९ बजेदेखि मतदान, नतिजा आजै सार्वजनिक हुने


लेखक : लेखापढी      १२ माघ २०७८, बुधबार १२:३६ मा प्रकाशित     
राष्ट्रियसभा सदस्य निर्वाचन: बिहान ९ बजेदेखि मतदान, नतिजा आजै सार्वजनिक हुने

राष्ट्रियसभा सदस्य १९ रिक्त पदका लागि आज बिहान ९ बजदेखि मतदान सुरू भएकाे छ भने निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको नतिजा आजै सार्वजनिक गर्ने तयारी समेत गरेको छ । 

कार्यतालिकाअनुसार १९ पदका लागि सातै प्रदेशमा दिउँसो ३ बजेसम्म निर्वाचन हुनेछ । त्यसपछि आवश्यक प्रक्रिया पूरा गरेर आजै नतिजा सार्वजनिक गरिने आयोगले जनाएको हो । 

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले कुनै अवरोध नआए आज रातिसम्म अन्तिम नतिजा आइसक्ने बताए ।

प्रदेश नं १ मा पालिका प्रमुख र उपप्रमुखका लागि प्रदेश निर्वाचन कार्यालय र प्रदेशसभा सदस्यका लागि बाली संरक्षण प्रयोगशाला विराटनगर, मधेश प्रदेशमा महेन्द्रनारायण निधि भवन र बागमती प्रदेशका लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृह मतदानस्थल तोकिएको छ ।

यस्तै गण्डकी प्रदेशमा प्रदेश निर्वाचन कार्यालय पोखरा, लुम्बिनी प्रदेशका लागि कर्मचारी मिलन केन्द्र दाङ, कर्णाली प्रदेशमा प्रदेश निर्वाचन कार्यालय सुर्खेत र सुदूरपश्चिम प्रदेशका लागि प्रदेशसभा भवन धनगढीमा मतदानस्थल तोकिएको छ ।

 

 

भर्खरै