नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८०, जनसंख्या वृद्धिदर शुन्य दशमलव ९३ प्रतिशत


लेखक : लेखापढी      १२ माघ २०७८, बुधबार १२:०६ मा प्रकाशित     
नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८०, जनसंख्या वृद्धिदर शुन्य दशमलव ९३ प्रतिशत

नेपालकाे जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । बुधबार भर्चुअल माध्यमबाट पत्रकार सम्मेलनको आयोजना गरी केन्द्रीय तथ्याङक विभाग महानिर्देशक नेविनलाल श्रेष्ठले नेपालको जनगणनाको नतिजा सार्वजनिक गरिएकाे हाे । महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुष १ करोड ४२ लाख ९१ हजार ३११ छ ।

अघिल्लो पटकको जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख थियो ।

२०६८ सालको जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख थियो । १० वर्षको तुलनामा जनसंख्या वृद्धिदर शुन्य दशमलव ९३ प्रतिशत रहेको छ । विभागका अनुसार जनघनत्व १९८ जना प्रतिवर्गकिलोमिटर छ ।

भर्खरै