विदेशी मुद्रासहित भारतीय नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ


लेखक : लेखापढी      १० माघ २०७८, सोमबार १६:५७ मा प्रकाशित     
विदेशी मुद्रासहित भारतीय नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ

काठमाडौँ — स्रोत नखुलेको विदेशी मुद्रासहित एक भारतीय नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । फ्लाई दुबईको विमानबाट दुबई जान लागेका इस्याक खान इब्राहिम खानलाई विमानस्थलबाट पक्राउ परेका हुन् ।

विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान एरियामा एक्स-रे मेसिनद्वारा म्यानुअल जाँच गर्ने क्रममा अवैध १५ हजार अमेरिकी डलर, ६ सय १० साउदी रियाल,९ सय २० यूएई दिरामसहित पक्राउ गरिएको विमानस्थल सुरक्षा प्रहरीले जनाएको छ ।

उनीहरुलाई आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि राजश्व अनुशन्धान विभाग हरिहर भवन ललितपुरमा बुझाइएको प्रहरीले जनाएको छ ।
कान्तिपुरबाट