अत्तरियाबाट धनगढी तर्फ गईरहेको हायस दुर्घटना: घाइते १६ जनाको पहिचान खुल्यो (नामसहित)


अत्तरियाबाट धनगढी तर्फ गईरहेको हायस दुर्घटना: घाइते १६ जनाको पहिचान खुल्यो (नामसहित)

धनगढी- धनगढी–अत्तरिया ६ लेन सडकमा ट्रकसँग हायस ठोक्किएर दुर्घटना हुँदा १६ जना घाइते भएका छन्। इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख, प्रहरी नायब उपरीक्षक नवराज पोखरेलका अनुसार ६ लेन सडकमा हायसले ट्रकलाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो। 

उनका अनुसार दुर्घटनामा हायस चालक गौरीगंगा नगरपालिका–९ बस्ने ३५ वर्षीय धर्मराज जोशी, धनगढीकी अम्रिता चन्द, दिपिका जोशी, विमला जोशी, कञ्चनपुर भीमदत्त नगरपालिका–१९ की शारदा भट्ट, गोविन्द भट्ट, शुक्लाफाँटा नगरपालिकाका मणी जोशी, रमेश जोशी र पुष्पा भट्ट घाइते भएका छन्। यस्तै भारतको लखनउ बस्ने चन्द्री रावत, महेन्द्र रावत, अविजित रावत, रुपन हरिजंग, किशोर हरिजंग, प्रेम कुँवर र रजनी हरिजंग पनि घाइते भएका छन्।

प्रहरी नायब उपरीक्षक पोखरेलले दिएको जानकारी अनुसार घाइतेमध्ये चालक जोशी र धनगढीकी विमला जोशीको अवस्था मध्यम रहेको र बाँकीको सामान्य छ। ‘घाइतेको धनगढी र अत्तरियाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ,’ प्रहरी नायब उपरीक्षक पोखरेलले भने। 

अत्तरियाबाट धनगढीतर्फ आइरहेको सु.प.प्र ०२ ००१ ख ११६६ नम्बरको हायसले ल ना ४ ख १९१५ नम्बरको ट्रकलाई पछाडिबाट ठक्कर दिँदा पाठक पेट्रोल पम्प नजिक दुर्घटना भएको हो।
(https://dineshkhabar.comबाट साभार)