वर्षमान पुन चीनबाट फर्के लगत्तै भने- महासचिवमा मेरो दाबी रहन्छ


वर्षमान पुन चीनबाट फर्के लगत्तै भने- महासचिवमा मेरो दाबी रहन्छ

काठमाडौँ- माओवादी केन्द्रका नेता वर्षमान पुनले पार्टीको महासचिवमा आफ्नो दाबी स्वाभाविक रहेको बताएका छन्। यसअघि सचिव भइसकेकाले महासचिवमा आफ्नो दाबी स्वाभाविक रहेको पुनले बताए।

केन्द्रीय सदस्य र अध्यक्ष सहमतिमै चयन भएकाले पदाधिकारी पनि सहमतिमै छानिने विश्वास उनको छ। 

झन्डै चार महिना लामो उपचारपछि चीनबाट सोमबार साँझ स्वदेश त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका पुनले आफू पूर्ण निको भएर आएको जानकारी दिए।