जनसाहित्यिक मञ्चको केन्द्रीय अध्यक्षमा डा.पुष्करराज भट्ट


लेखक : लेखापढी      ८ माघ २०७८, शनिबार २१:२३ मा प्रकाशित     
जनसाहित्यिक मञ्चको  केन्द्रीय अध्यक्षमा डा.पुष्करराज भट्ट

काठमाडौं । माघ ८ । नेकपा (एकिकृत समाजवादी) को जनसंगठन राष्ट्रिय जनसांस्कृतिक महासंघ समाजवादीको घटक संगठन जनसाहित्यिक मञ्चको विद्यतीय प्रविधि मार्फत भएको प्रथम राष्ट्रिय भेलाले आज डा. पुष्करराज भट्टको अध्यक्षतामा ४५ सदस्यीय केन्द्रीय समिति निर्माण गरेको छ ।

जनसाहित्यिक मञ्चको केन्द्रीय समिति उपाध्यक्षमा अच्युत घिमिरे एवम् शान्ति प्रियवन्दना, महासचिवमा बालमुकुन्द कार्की, सचिवमा जागेश्वर नेपाल, रमेश पन्त मितबन्धु एवम् रामचन्द्र खतिवडा, कोषाध्यक्षमा सिर्जना ज्ञवाली चयन हुनुभएको छ । मञ्चका केन्द्रीय सदस्यमा देवीप्रसाद चापागाईँ, उद्दव प्याकुरेल, श्रेष्ठ प्रिया पत्थर, रघुनाथ कडरिया, पुन्य घिमिरे, डमरुबल्लभ गडतौला, भलादमी भोला, लीलाराज दाहाल, दीपसागर पन्त, दिव्यान्त जोशी, जगत वाशिष्ठ, मधु पोखरेल, ज्ञानेन्द्र ढुंगाना, बोधकुमार पौडेल, अम्बिका दाहाल, यादवसेर राई, जीवन खडका, यदुनाथ वसन्तपुरे, केशव दुवाडी, राजकुमार अर्याल, दुर्गा घिमिरे, रमेश थापा, भावना थापा, इन्दिरा पन्त, हरि भुसाल, चोपलाल पोखरेल, सूर्य विसी, कल्यान ओझा, सागर कुश्मी, प्रेमप्रकाश कलौनी, चन्द्रकला पन्त, अनिल शाही, विकास थापा, रवि राना यादव अधिकारी एवम् श्याम सहनी रहनुभएको छ ।

जनसाहित्यिक मञ्चको प्रथम राष्ट्रिय भेलाको प्रमुख अतिथि नेकपा (एकिकृत समाजवादी) का उपमहासचिव एवम् मोर्चा फाँट ईन्चार्ज डा. विजय पौडेल हुनुहुन्थ्यो । सम्मेलनमा प्रमुख अतिथि डा. विजय पौडेलले वर्तमानमा नेकपा (एकिकृत समाजवादी) द्रुत गतिमा संगठन निर्माणको क्रममा लागेको बताउनुभयो । उहाँले नेपाली कम्युनिष्ट आन्दोलनको पूर्नगठनका माध्यमबाट सामाजिक रुपान्तरणको मार्गलाई अघि बढाइएको एवम्् नेपाली कम्युनिष्ट आन्दोलनलाई सही ठाउँमा पुर्याउन विद्रोह गरिएको बताउनु भयो ।

प्रथम राष्ट्रिय भेलामा आफ्नो विचार राख्दै नेकपा (एकिकृत समाजवादी) का पोलिटव्युरो सदस्य एवम् राष्ट्रिय जनसांस्कृतिक महासंघ समाजवादीका ईन्चार्ज गोपाल बरालले निकट भविष्यमा संघ, प्रदेश र स्थानिय निकायको निर्वाचन हुने भएकोले सबैले चनाखो भएर पार्टीको पक्षमा कार्य गर्नुपर्ने आवश्यकतामाथि जोड दिनुभयो । भेलामा नेकपा (एकिकृत समाजवादी) का पोलिटव्युरो सदस्य एवम् युवा फाँट ईन्चार्ज दिलकुमारी पन्त, राष्ट्रिय जनसांस्कृतिक महासंघ समाजवादीका केन्द्रीय अध्यक्ष कृपाराम शर्मा धमालाले संगठन र पार्टीका सम्बन्धमा आफ्ना विचार राख्नुभएको थियो ।

जनसाहित्यिक मञ्चका संयोजक एवम् राष्ट्रिय जनसांस्कृतिक महासंघ, समाजवादीका उपाध्यक्ष डा. पुष्करराज भट्टको अध्यक्षतामा भएको सो भेलाको सञ्चालन बालमुकुन्द कार्की एवम् स्वागत भाषण भलादमी भोलाले गर्नुभएको थियो । भेलामा विभिन्न सहभागीले सुझावसल्लाहका साथै आफ्ना रचना समेत प्रस्तुत गर्नुभएको थियो । जनसाहित्यिक मञ्चले निकट भविष्यमा सम्मेलनको आयोजना गर्ने बताएको छ ।