एक जना धनी मानिसको आँखामा असह्य पीडा थियो । उनले धेरै डाक्टरलाई देखाए तर रोग निको भएन । उसले धेरै औषधि खायाे तर दुखाइ कत्ति पनि हटेन । पीडा हरेक दिन बढ्दै गइरहेकाे थियाे । त्यसैले एक दिन उनी यस्तो रोगको उपचार गरिरहनुभएको भिक्षुकहाँ गए र आफ्नो रोगको बारेमा बताए ।
भिक्षुले राेगबारे पत्ता लगायाे ।
भिक्षुले ती धनीलाई भन्यो, “तिमीले हरियाे रंगलाइ धेरै बेर हेर्न सक्छौ । अबदेखि केबल हरियाे रंग मात्र हेर्नुहाेला अरु रङ नहेर्नु होला । र त्यति भएपछि अर्काे उपचार सुरू गराैला ।”
यो सुनेर धनि मानिस निकै छक्क परेर घर फर्कियो । यस्तो अनौठो व्यवहार देखेर उनी छक्क परे । तर, आँखाको दुखाइ कम गर्नका लागि भिक्षुकाे भनेकाे कुरा मान्नु जरूरी थियाे ।
घर पुगेपछि पूरै घरलाई हरियो रंग लगायाे, घरमा फर्निचरलगायत सबै हरियो देखिन्थे । यसरी सुरु भयो उपचार ।
केही दिनपछि भिक्षु उनको घरमा आए । उनले घर, फर्निचरलगायत सबै हरियो देखेर भिक्षु छक्क परें। अचम्म मान्दै धनीकहाँ गए र पूरै ठाउँलाई हरियाली बनाएकाे बारेमा सोधे ।
धनीले भन्यो, “तपाइले नैं भनेर मैले सबै हरियाे बनाएकाे हाे । मलाइ हरियाे रंग हेर्दा अाँखा पनि शीतल भएकाे पाए ।”
तब भिक्षुले मुस्कुराएर भने, “के तिमी सारा संसारलाई हरियाली बनाउन सक्छौ?”
धनिले त्याे त कसरी सम्भब हुन सक्दछ र भने ।
भिक्षुले अझ मुस्कुराउँदै भने, “के तिमीलाई हरियो चश्माको एक जोडी किन्न मात्र पर्याप्त थिएन र जसले तिमी पुरै संसार हरियाे देख्न सक्थ्याैं । हरियो बनाउनको लागि यति धेरै पैसा खर्च गर्नुपर्छ? “
तब भिक्षुले भने, “यो संसार वा संसारको सम्पूर्ण रूपलाई आफ्नो बनाउन खोज्नु अनौठो कुरा हो।” .. बरु आफुलाई बदल्ने कोसिस गरौ… यो हाम्रो दृष्ट्रिकाेण हो जसलाई परिवर्तन गर्न आवश्यक छ। हाम्रो दृष्टिकोणबाट संसार हामीले चाहेको जस्तो स्पष्ट छ। ”
यो प्रायः सबैमा लागू हुन्छ, हाम्रो दृष्टिकोण परिवर्तन गर्नुहोस् र सोच्नुहोस्, यसले धेरै कुराहरू समाधान गर्नेछ।