एक पटक श्रीगुरु गोरखनाथ आफ्ना शिष्यहरूसहित उज्जैनका राजा भर्तिहरीको दरबारमा पुगेका थिए । राजाले उनलाई भव्य स्वागत गर्नुका साथै अपार सेवा पनि गरे ।
गुरुजी धेरै प्रसन्न भए । गुरूले राजाको निधारमा हेरे, उनकाे निधारमा संत रेखाहरू देखे । गुरू आश्चर्यमा पर्र, किनकी राजा अझै पनि आफ्नी सुन्दरी पत्नी सहित धेरै नारीहरूको कामुक प्रेममा परेका छन् ।
फर्किने समयमा गोरखनाथले सोचे कि राजालाइ अचम्मको कुरा के दिऊँ । उसले आफ्नो झोलाबाट एउटा अमरफल निकाले र राजालाई भने कि यो एक यस्ताे फल हो, जसले यसलाई खान्छ ऊ कहिल्यै बिरामी हुँदैन, कहिल्यै बूढो हुँदैन । तपाईंले याे सेवन गर्नु भयाे भने सधैं जवान र सुन्दर हुनुहुनेछ।
उनी गएपछि राजाले याे फल रानीलाई किन नदिने भनी सोचे र रानीलाइ दिए । उनले यो फलको विशेषता पनि सुनाए ।
रानीकाे सहरकाे कोतवालसँग विशेष लगाव थियो। रानीले यो फल कोतवाललाई दिए । अनि भन्नुभयो कि यो खानुस् ताकि तिम्रो जवानी मेरो लागि उपयोगी होस् ।
कोतवालले त्यो फल आफ्नो मिल्ने साथी राजनर्तकीलाई दिए ।
राजनर्तकीले कुनै जवाफ दिइनन्, कोतवाल गएपछि उनलाई लाग्यो, कुनै मूर्ख पापीले लामो आयु बाँच्न चाहन्छ, म जस्तो छु, ठीक छु । राजा पुण्यवान छन्, प्रजाको कल्याणको लागि लामो जीवन बाँच्नु पर्छ। उनले राजालाई एकान्तमा भेटिन् र यो फल खान आग्रह गरिन् । राजाले फल देख्नेबित्तिकै चिने। अनि स्तब्ध भए । उनीसँग गहन सोधपुछपछि सबै कुरा थाहा भयो ।
राजा आफ्नो राजदरबार र सबै रानीहरूबाट अलग भए । राजा सांसारिक मोह त्यागेर एकान्तवासी बनेर श्रीगुरू गोरखनाथको शरणमा गए ।
याे कथा पढेर तपाइले के शिक्षा पाउनुभयाे हामीलाइ कमेन्टमा लेख्नुहाेस ।
www.lekhapadhi.com /lekhapadhimedia@gmail.com