आउँदो वैशाखमा स्थानीय तहको निर्वाचन गर्न सत्ता गठबन्धनका नेताहरु सहमत भएका छन् ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा वैशाखमा स्थानीय तहको चुनाव गर्ने सहमति भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेद्रबहादुर कार्कीले जानकारी दिए ।
बैठकपछि सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले निर्वाचन समयमै सम्पन्न गर्न आफूहरु सहमत भएको जानकारी दिए । थप गृहकार्य गरेर आउँदो बिहीबार फेरि बैठक बस्ने उनले बताएका छन् । बिहीबारको छलफलपछि चुनावको मिति तोकिने सम्भावना छ।
निर्वाचन आयोगले पनि स्थानीय तहको चुनाव आउँदो वैशाख १४ र २२ गते गर्न सरकारलाई सुझाव दिँदै आएको छ।