लक्ष्य (एउटा प्रेरणादायी कथा)


लक्ष्य (एउटा प्रेरणादायी कथा)

एक पटक स्वामी विवेकानन्द आफ्नो आश्रममा एउटा सानो कुकुर लिएर टहलिरहेका थिए । त्यसै समय एकजना युवक आश्रममा आएर उनकाे खुट्टामा झुकेर भने, ‘स्वामीजी, म आफ्नो जीवनसँग धेरै दुःखी छु। जतिसुकै प्रयास गर्दा पनि आजसम्म सफल हुन सकेको छैन । मलाई थाहा छैन भगवानलाई के स्वीकार छ ? म यति धेरै शिक्षित भएर पनि आजसम्म असफल भएँ।” 

विवेकानन्दले त्यो युवकको समस्या बुझे । उसले युवकलाई भन्यो- ‘भाइ, मेरो यो कुकुरलाई टाढा कतै घुमाउन लैजानुहोस् । त्यस पछि म तपाईका प्रश्नहरूको जवाफ दिनेछु ।”

युवकले केहि कुरा नभनि कुकुरलाई लिएर घुमाउन हिँडे । लामो समयपछि कुकुरलाई घुमाएर त्याे युवक आश्रम फर्कियाे । उ आश्रममा फर्किँदा विवेकानन्दले त्यो युवकको अनुहारमा कुनै थकान थिएन भने त्याे सानाे कुकुर थकानले भरिएर श्वास फेरिरहेकाे थियो ।

विवेकानन्दले त्याे युवकलाइ साेधे, “भाइ, मेरो कुकुर कसरी यति थाकेको छ  तर तिमि धेरै शान्त देखिन्छौ, थाकेको छैनाै ?”

युवकले भन्यो, “स्वामीजी, म बिस्तारै हिँडिरहेको थिएँ तर यो कुकुर धेरै बेचैन थियो। यो बाटोमा भेटिएका सबै जनावरहरू पछि दौडिरहेको थियो। त्यसैले याे धेरै थाकेकाे छ ।”

स्वामीजीले भन्नुभयो- “भाइ, तिम्रो प्रश्नको उत्तर यही हो । तिम्राे लक्ष्य तिम्रै वरिपरि छ। तिमि आफ्नो लक्ष्य पछ्याउन छाेड्छाैं र अरू मानिसहरूको पछि लाग्छाैं, तिमिले हासिल गर्न चाहेकाे कुराबाट टाढा जान्छाैं ।”

युवकले कुरा बुझे ।


यदि तपाईलाई कुनै कुरामा रुचि छैन भने त्यो काम पटक्कै नगर्नुहोस्, यसो गर्दा हामीले आफ्नो प्रतिभा गुमाउँछौं।


www.lekhapadhi.com /lekhapadhimedia@gmail.com