अन्तिम इच्छा


लेखक : लेखापढी      १ माघ २०७८, शनिबार ०५:०६ मा प्रकाशित     
अन्तिम इच्छा

छिमेकी मांसाहारी, उनको परिवार शाकाहारी । शाकाहारी पनि यस्तो कि लसुन, प्याज, गोलभेडा पनि वर्जित । छिमेकीकोमा पाक्ने परिकारको वासले उनलाई रकन चल्थ्यो ।

बास आउँदा जहिले भुतभुताउँथिन् – “मर्न नसकेकाहरू कति घिच्न सकेका हुन तिनका छाला । अघिल्लो जुनीमा राक्षस नै थिए कि क्या हो ?”

“बाबु त्यो पल्लो छिमेकीले पकाएको परिकार सधै बास्ना आउँथ्यो । एक पटक त्यसको स्वाद लिएर मर्न मन छ ।”

उनको यो भुतभुताइ छिमेकीको कानमा पुग्ने नपुग्ने थाहा भएन तर छिमेकीलाई कुनै दिन पनि राम्रो दृष्टिले हेरिनन् ।

आज उनी ओछ्यान परेकी छिन् । निको नहुने रोग, डक्टरहरू सबैले माया मारिसकेको, एक प्रकारले भन्ने हो भने अन्तिम समय नै तोकिदिएका थिए ।

छोरा-छोरी आफन्त सबै उनको अन्तिम इच्छा अभिलाषा पुरा गर्न सबै उनकै वरपर थिए ।

छोराले बिस्तारै सोध्यो – “आमा के खान मन छ ?”  

सानो स्वरमा उनी फुसफुसाइन् – “बाबु त्यो पल्लो छिमेकीले पकाएको परिकार सधै बास्ना आउँथ्यो । एक पटक त्यसको स्वाद लिएर मर्न मन छ ।”


मनीष कुमार शर्मा ‘समित’
मध्यपुर ठिमी