प्रधान सम्पादक भट्ट सम्मानित


लेखक : लेखापढी      २७ पुष २०७८, मंगलवार २१:११ मा प्रकाशित     
प्रधान सम्पादक भट्ट सम्मानित

धनगढी । कैलाली जिल्लामा रहेको हिमशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो तेह्रऔं वार्षिकोत्सवका अवसरमा सहकारी सम्बन्धित उत्कृष्ट समाचार प्रकाशनका लागि लेखापढी अनलाइनमा प्रधान सम्पादक एवम गोरखापत्र डोट्याली पेजका संयोजक डा. पुष्करराज भट्टलाई सम्मानित गर्यो ।
समारोहमा उत्कृष्ट कर्मचारी, उत्कृष्ट जेष्ठ नागरिक सदस्य, उत्कृष्ट बचतकर्ता एवम् उत्कृष्ट ऋणीलाई समेत सम्मानित गरिएको थियो ।

यही पुस २५ गते एक समारोहका बिच डा. भट्टलाई सुदूरपश्चिम प्रदेश सरकारका भौतिक योजना मन्त्री दिर्घ सोडारीले सम्मानित गर्नुभयो । उद्घाटन समारोहका प्रमुख अतिथि भौतिक योजना मन्त्रीले दिर्घ सोडारीले सुदूरपश्चिम क्षेत्रको सहकारी क्षेत्रमा हिमशिखरले पुर्याएको योगदानको प्रशंसा गर्नुभएको थियो ।