सरकारले माघ १५ सम्म विद्यालय बन्द गर्ने निर्णय


लेखक : लेखापढी      २६ पुष २०७८, सोमबार १४:०६ मा प्रकाशित     
सरकारले माघ १५ सम्म विद्यालय बन्द गर्ने निर्णय

काठमाडौं । कोरोना भाइरसको तेस्रो लहरको जोखिम बढेसँगै १५ माघसम्म विद्यालय बन्द गर्ने कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसीसी)को सिफारिसलाई शिक्षा मन्त्रालयले कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले सीसीएमसीको सिफारिस अनुसारकै सूचना जारी गर्ने जानकारी दिए । यसका लागि आजै सूचना जारी गरिने उनले बताए ।

सीसीएमसीसीको आइतबार बसेको बैठकले ओमिक्रनको संक्रमण बढ्दै गएपछि जाडो बिदा लम्ब्याएर विद्यालय बन्द गर्न सिफारिस गरेको थियो । https://lekhapadhi.com/2022/01/10/school-close/