आङ साङ सुकीलाई चार वर्ष जेल सजाय


लेखक : लेखापढी      २६ पुष २०७८, सोमबार १४:१६ मा प्रकाशित     
आङ साङ सुकीलाई चार वर्ष जेल सजाय

एजेन्सी- म्यानमारको सेना सञ्चालित एक अदालतले नागरिक नेतृ आङ साङ सुकीलाई चार वर्षको जेल सजाय दिएको छ । गत फेब्रुअरीमा सैन्य कू मार्फत् सत्ताच्युत भएकी नेतृ सुकीलाई कम्तीमा तीनवटा अभियोगमा दोषी ठहर गर्दै सो सजाय सुनाएको हो । 

७६ वर्षीय नोबेल पुरस्कार विजेता सुकीलाई झण्डै एक वर्षअघि सेनाले सत्ता कब्जा गरेपछि राजनीतिक रूपमार झण्डै एक दर्जन अभियोग लगाएको थियो ।

उनलाई बिना इजाजतपत्र वाकी–टकीहरू राखेकोमा दुई वर्ष र कारोना भाइरस सम्बन्धी प्रतिबन्धहरू उल्लङ्घन गरेकोमा दुई वर्ष गरी चार वर्षको जेल सजास दिइएको हो । 

आङ सान सुकीलाई बन्द अदालतमा मुद्दा चलिरहेको छ । उनले सबै आरोपहरू अस्वीकार गरेकी छन् ।