बहस (एकपटक पढ्नै पर्ने प्रेरणादायी कथा)


लेखक : लेखापढी      २५ पुष २०७८, आईतवार १०:३३ मा प्रकाशित     
बहस (एकपटक पढ्नै पर्ने प्रेरणादायी कथा)

एक पटक एउटा गधाले बाघलाई भन्यो- ‘घाँस निलो छ।”

बाघले भन्यो, ‘बिल्कुल गलत, घाँस हरियो छ ।”

अब दुवैको झगडा हुन थाल्यो । जब कुरा उग्र हुन थाल्यो, दुवैले यो मुद्दा बनकाे राजा सिंहसमक्ष लैजाने निर्णय गरे।

सिंह आफ्नो सिंहासनमा बसेको थियो। उसको अगाडि गधाले चिच्यायो, ‘महाराज, घाँस निलो हुन्छ भन्ने कुरा साँचो हो ?’

सिंहले भने– ‘घाँस निलो हुन्छ भन्ने सत्य हो ।’

गधा अगाडि बढ्यो र भन्यो- ‘बाघ मेरो कुरामा सहमत छैन । कृपया उसलाई सजाय दिनुहोस्

सिंहले सजाय सुनायाे – “बाघलाई पाँच वर्षसम्म मौन बस्ने सजाय सुनाइएको छ ।” यो सजाय सुनेर गधा खुशीले उफ्र्यो ।

बाघले सजाय स्वीकार गर्यो तर सोध्यो- ‘महाराज घाँसको रङ हरियो हुन्छ भन्ने थाहा हुँदाहुँदै मलाई किन सजाय दिनुभयो ?’

तिमी जस्तो बहादुर र बलियो प्राणीले व्यर्थमा गधासँग झगडा गरेर मेरो बहुमूल्य समय बर्बाद गरेको कारणले तिमीलाई सजाय दिइयो ।

सिंहले भन्याे- ‘घाँसको रङ हरियो होस् वा निलो होस् भन्नेले कुनै फरक पर्दैन । तिमी जस्तो बहादुर र बलियो प्राणीले व्यर्थमा गधासँग झगडा गरेर मेरो बहुमूल्य समय बर्बाद गरेको कारणले तिमीलाई सजाय दिइयो । खासगरी, त्यस्ताेमा बहस गर्नु हुँदैन जसकाे कुनै अर्थ छैन । त्यस्ताे तर्कमा पर्नु हुँदैन, जसको कुनै फाइदा छैन ।


भनिन्छ, जब अज्ञान रुन्छ तब ज्ञानको ढोका बन्द हुन्छ । अहंकार, घृणा र आक्रोश भएको व्यक्तिबाट टाढा रहनु राम्रो हो ।


Translated by Lekhapadhi


For more Motivational Story, Please follow us…