हिमशिखरको बार्षिकोत्सवको पूर्वसन्ध्यामा सहयोग हस्तान्तरण


लेखक : लेखापढी      २४ पुष २०७८, शनिबार २१:५० मा प्रकाशित     
हिमशिखरको बार्षिकोत्सवको पूर्वसन्ध्यामा सहयोग हस्तान्तरण

पुस २४, धनगढी- हिमशिखर बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो वार्षिकोत्सवको पूर्वसन्ध्यामा सामाजिक उत्तरदायित्व शिर्षक अन्तरगत “दृष्टि फाउन्डेशन” की सदस्य  तुलसी भट्टलाई भौतिक सामग्री एवम् नगद रकम हस्तान्तरण गरेको छ । कार्यक्रममा संस्थाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले रु.८,६०० बराबरको खाद्य सामाग्री र रु.५,१५५ बराबरको नगद रकम प्रदान गर्नुभएको हो । सो समारोहमा संस्थाका उपाध्यक्ष रोशन सिंह, सचिव विमलकुमार जोशी, कोषाध्यक्ष लक्ष्मिराज भट्ट, सदस्य विष्णुदेवी पुरी, प्रबन्धक महेन्द्र शाही लगायत कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो ।

हिमशिखर बहुउद्देश्यीय सहकारी संस्थाको १४ औ वार्षिकोत्सव यही २०७८ पुस १५ गतेबाट प्रारम्भ हुँदैछ ।