राष्ट्रियसभा बैठक पुस २७ गते बस्ने


लेखक : लेखापढी      २३ पुष २०७८, शुक्रबार १५:५५ मा प्रकाशित     
राष्ट्रियसभा बैठक पुस २७ गते बस्ने

काठमाडौं । यही पुस २५ गते आइतबार अपराह्न १ बजे बस्ने गरी निर्धारण गरिएको सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक विशेष कारणबश उक्त दिन नहुने भएको छ ।

पुस २५ गते बोलाइएको बैठक राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले २७ गते बस्ने गरी सारिएको संघीय संसदको महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।

संघीय संसद् सचिवालयले विशेष कारणवश भन्दै आइतबार बस्ने भनिएको राष्ट्रियसभाको बैठक स्थगित भएको सूचना प्रकाशित गरेको हो ।

राष्ट्रियसभा नियमावली २०७५ को नियम (६) बमोजिम राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त बैठक निर्धारण गरेका हुन् ।